कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

प्रदेश १ मा एकैदिन १२८३ संक्रमित थपिए, ३ जनाको मृत्यु

काठमाडौँ — प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा १ हजार २ सय ८३ संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयद्वारा सोमबार सार्वजनिक कोभिड–१९ को दैनिक प्रतिवेदन अनुसार १ हजार ४ सय ९२ जनाको पीसीआर परीक्षण गर्दा ८ सय ४६ (५६.७० प्रतिशत) र ९ सय ८२ को एन्टिजेन परीक्षण गर्दा ४ सय ३७ (४४.५० प्रतिशत) संक्रमित देखिएका हुन् ।

मन्त्रालयका अनुसार २ सय ४३ जना संक्रमणमुक्त भएका छन् भने झापा र इलाममा १/१ पुरुष र १ महिलाको मृत्यु भएको छ । यस्तै सक्रिय संक्रमित ६ हजार ४ सय ५४ पुगेको मन्त्रालयले जनाएको छ ।

पीसीआर परीक्षणमा विराटनगरका २ सय ७६ सहित मोरङमा ३ सय ६७, धरानमा १ सय २१ सहित सुनसरीमा २ सय ४२, दमकमा ३७ सहित झापामा १ सय ६८, धनकुटामा ७, संखुवासभा, तेह्रथुम, ताप्लेजुङ र भोजपुरमा १/१, खोटाङमा ३, उदयपुरमा ६, इलाममा ४ र प्रदेश बाहिरका जिल्लाका ४५ संक्रमित छन् ।

एन्टिजेन जाँचमा मोरङका १ सय ८१, इलामका ७५, सुनसरीका ५५, उदयपुरका ३६, खोटाङका ३५, संखुवासभाका १८, धनकुटाका १६, झापाका १४, पाँचथरका ४, तेह्रथुमका २ र भोजपुरका १ संक्रमित थपिएका छन् ।

प्रदेशका ३१ अस्पतालहरुमा २७ जना जनरल बेडमा, ३२ आईसीयूमा, ६ भेन्टिलेटरमा, ३० एचडीयूमा र १ जना आइसोलेसनमा गरी ९६ जनाको उपचार भइरहेको छ । ६ हजार ३ सय ३ सय ६४ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : माघ १०, २०७८ १७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?