२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

संखुवासभा अस्पतालमा आपत्कालीन र सुत्केरी सेवामात्र सञ्चालन

दीपेन्द्र शाक्य

संखुवासभा — स्वास्थ्यकर्मीमा कोरोना संक्रमण फैलिएपछि जिल्ला अस्पताल संखुवासभामा सेवा प्रभावित भएका छन् । केही दिनयता अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि सुत्केरी सेवा र आपत्कालीन सेवाबाहेक सबै सेवा बन्द गरिएको छ । 

संखुवासभा अस्पतालमा आपत्कालीन र सुत्केरी सेवामात्र सञ्चालन

स्वास्थ्यकर्मीमा संक्रमण फैलिएकाले त्यसको असर सेवाग्राहीमा नपरोस् भनेर माघ १५ गतेसम्मका लागि अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको अस्पतालले जनाएको छ ।

परीक्षण गरिएकामध्ये ५० प्रतिशतभन्दा धेरैमा संक्रमण देखिएपछि सोमबारदेखि नै आपत्कालीनबाहेकका सेवा बन्द गरेर फिबर क्लिनिक सञ्चालनमा ल्याइएको प्रशासन प्रमुख दीपेश श्रेष्ठले बताए ।

स्वास्थ्यकर्मीका अनुसार अहिले देखिएका संक्रमितहरूमा हल्का ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने, बान्ता आउनेलगायत लक्षण देखिएका छन् ।

प्रकाशित : माघ १०, २०७८ १६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?