कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जिप दुर्घटनामा तीन जनाको मृत्यु

कुम्भराज राई

काठमाडौँ — ओखलढुंगाको सिद्धिचरण नगरपालिका- ३ नारायणस्थानमा आइतबार बिहान बोलेरो जिप दुर्घटनामा पर्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिप दुर्घटनामा तीन जनाको मृत्यु

ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका- १ मोलीदेखि ओखलढुंगा सदरमुकामतर्फ आइरहेको को १ ज ३५६९ नम्बरको यात्रु सवार बोलेरो जिपमा बाटो माथीबाट ढुंगा खसेर लागेको हो । जिपमा ६ जना सवार थिए । त्यसमध्ये सिद्धिचरण नगरपालिका- १ तलुवाका १० वर्षीय युसव कोइराला, ७ वर्षीया युनिशा कोइराला र मानेभन्ज्याङ गाउँपालिका-१ मोलीका ३० वर्षीय हेम मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिनपा-१ तलुवाकै लक्ष्मी कोइराला र मानेभन्ज्याङ गाउँपालिका-१ मोलीका देवबहादुर श्रेष्ठ र चालक सञ्जीव श्रेष्ठको अवस्था गम्भीर छ । उनीहरूको ओखलढुंगा सामुदायिक अस्पताल मिसनमा उपचार भइरहेको छ ।

ओखलढुंगा निशंखे सडक ग्राभेलको ठेक्का पाएको कान्छाराम कन्सट्रक्सनले स्काभेटर लगाएर बाटोमाथि बाटा ढुंगा झिक्ने काम गरिरहेको थियो । त्यही ढुंगा खसेर मोलीबाट ओखढुंगा आउँदै गरेको जिपमा लागेको हो ।

प्रकाशित : माघ ९, २०७८ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?