३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

झोलुंगे पुल निर्माणमा खटिएका मजदुरको करेन्ट लागेर मृत्यु

मोरङ — रतुवामाई नगरपालिका ९ स्थित बक्राहा खोलामा झोलुंगे पुल निर्माणका खटिएका एक मजदुरको करेन्ट लागेर शुक्रबार मृत्यु भएको छ । रुकुम पूर्वको घुमे गाउँपालिका ७ का २५ वर्षीय मदन श्रेष्ठको मृत्यु भएको हो ।

झोलुंगे पुल निर्माणमा खटिएका श्रेष्ठ बक्राहा खोलामा गाडिएको विद्युत मोटर जडित ट्युबवेल चलाउने क्रममा करेन्ट लागेर घाइते भएका थिए ।

घाइते भएका श्रेष्ठको उर्लावारीस्थित अरनीको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मन्जिल मुकारुङले बताए । घटनाबारे पुल निर्माणका ठेकेदारले कुनै प्रतिक्रिया दिएका छैनन् ।

प्रकाशित : माघ ७, २०७८ १६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?