कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोसी अस्पतालमा संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या ७५ पुग्यो

विराटनगर — बुधबार विराटनगरस्थित कोसी अस्पतालका २ चिकित्सक सहित थप २८ मा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै उक्त अस्पतालमा संक्रमित हुने कर्मचारीको संख्या ७५ पुगेको मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दासले बताए ।

कोसी अस्पतालमा संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या ७५ पुग्यो

मंगलबारसम्म ८ चिकित्सकसहित ४७ जनामा संक्रमणको पुष्टि भएको थियो । उनका अनुसार संक्रमित हुनेमा बहिरंग, आकस्मिक, आईसीयू, प्रयोगशाला, हाडजोर्नी, शल्यक्रिया, मेडिसिन, बिमा र लेखा लगायत लगभग सबै विभागका छन् ।

‘कुनै विभागमा कम र कुनै विभागमा बढी संक्रमित छन्,’डा.दासले भने,‘हरेकमा कम्तीमा एक/दुई जना अवश्य संक्रमित छन् ।’ उक्त अस्पतालमा २५ विभाग छ ।


प्रकाशित : माघ ५, २०७८ १५:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?