अरुण तेस्रो आयोजनाबाट मुआब्जा माग्दै स्थानीयले गरे आन्दोलन

संखुवासभा — निर्माण सुरु भएको ३ वर्ष बितिसक्दा पनि संखुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो आयोजनाबाट मुआब्जा नपाएको भन्दै स्थानीयहरूले आन्दोलन सुरु गरेका छन् ।

अरुण तेस्रो आयोजनाबाट मुआब्जा माग्दै स्थानीयले गरे आन्दोलन

अरुण तेस्रो प्रवेशमार्ग मुआब्जा पीडित संघर्ष समितिले बुधबारबाट चरणबद्ध रुपमा आन्दोलन गरेको हो । अरुण तेस्रो परियोजना निर्माणको काम ५० प्रतिशत सम्पन्न हुँदासमेत मुआब्जा नपाएपछि आन्दोलन सुरु गरिएको संघर्ष समितिका अगुवाहरूले बताएका छन् ।

आन्दोलनको क्रममा स्थानीयहरूले बुधबार अरुण प्रवेशमार्गको छ्याङकुटी पावरहाउस स्थलमा यातायात ठप्प पारेको संघर्ष समितिका अध्यक्ष जनीकुमार राईले बताए । आयोजना प्रभावित झण्डै ४ सय परिवार मुआब्जापीडित आन्दोलनमा सहभागी छन् । लगानी बोर्डले छ्याङकुटी पावरहाउस क्षेत्रमा झण्डै ५ सय २४ रोपनी जग्गाको मुआब्जा दिएको छैन ।

बजेटबारे जिल्ला प्रशासन कार्यालय संखुवासभालाई ४ महिनाअघि नै जानकारी भए पनि प्रशासनले कुनै सुनुवाइ नगरेका कारण आन्दोलन गर्नु परेको पीडितहरूको भनाइ छ ।

प्रकाशित : माघ ५, २०७८ १४:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?