१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु, तीन घाइते

अर्जुन राजवंशी

विर्तामोड् — झापाको कचनकवलमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किंदा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । 

झापाको कचनकवल गाउँपालिका-४ केचनामा मंगलबार साँझ पौने ७ बजे दुर्घटना भएको थियो । दुर्घटनामा परी भारत कादगाउँका अन्दाजी ३० वर्षीय सञ्जिवकुमार सिंहको मृत्यु भएको हो ।

जिल्ला ट्राफिक प्रहरीका अनुसार दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको बीआर ३७ सी ९००८ र विपरीत दिशाबाट जाँदै गरेको बीआर ३७ ई १८९४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा परी कचनकवल-४ का ३० वर्षीय प्रदीप गणेश, भारत कादगाउँका हरण गणेश र एमडी ओकिल मियाँ घाइते छन् । उनीहरूको भद्रपुर र विर्तामोडका अस्पतालमा उपचार भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित : माघ ५, २०७८ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?