कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

हिउँदे अधिवेशनबाटै प्रदेश १ को नामकरण गर्छौं : मुख्यमन्त्री राई

मोरङ — प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण प्रदेश सभाको चालु हिउँदे अधिवेशनबाट नै टुंगो लगाउने प्रतिवद्धता व्यक्त गरेका छन् । मुख्यमन्त्री राईले मंगलबार भिडियो वक्तव्य जारी गरी चालु हिउँदे अधिवेशनबाट प्रदेशको नाम टुंगो लगाउने बताएका हुन् ।

हिउँदे अधिवेशनबाटै प्रदेश १ को नामकरण गर्छौं : मुख्यमन्त्री राई

प्रदेशको नामकरणको अधिकार संसद्‍को भएकोले दुई तिहाइ सांसदले नाम टुंगो लगाउने मुख्यमन्त्री राईले बताए । साथै आफूले प्रदेश सरकारको तर्फबाट सक्रिय सहजकर्ताको भूमिका खेल्ने मुख्यमन्त्री राईले बताए ।

‘हामी सरकारमा आएपछि संसद्‍को एउटा पनि बैठक नबसेकोले अब छिट्टै बैठक बोलाउने व्यवस्था मिलाएर प्रदेशको नामकरण गर्छौं,’ उनले भनेका छन्, ‘माघ २० गतेभित्र प्रदेश सभाको बैठक सुरु गरेर प्रदेशको नाम टुंगो लगाउने प्रक्रिया अघि बढाउँछौं ।’

प्रकाशित : माघ ४, २०७८ १९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?