१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

प्रदेश १ को नाम हिउँदे अधिवेशनबाट टुंगो लगाउँछौं : मुख्यमन्त्री राई

रासस

काठमाडौँ — प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण प्रदेशसभाको आउँदो हिउँदे अधिवेशनबाट टुंगो लगाउने बताएका छन् । 

प्रदेश १ को नाम हिउँदे अधिवेशनबाट टुंगो लगाउँछौं : मुख्यमन्त्री राई

मुख्यमन्त्रीको कार्यालयमा मंगलबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, 'प्रदेशको नाम प्रदेशसभाले नै टुंगो लगाउँछ ।' मुख्यमन्त्री राईले आफूहरू सरकारमा आएपछि सभाको एउटा पनि बैठक नबसेको सन्दर्भ उल्लेख गर्दै उनले अब छिट्टै हिउँदे अधिवेशन आरम्भ गरेर प्रदेशको नामकरण गर्ने प्रक्रिया अगाडि बढाउने जानकारी दिए ।

उनले यही माघ २० गतेभित्र हिउँदे अधिवेशन सुरु गरेर प्रदेशको नाम टुंगो लगाउनेतर्फ आवश्यक प्रक्रिया अघि बढाइने बताए ।

प्रकाशित : माघ ४, २०७८ १८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?