जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

डम्बरसिं राई

खोटाङ — जबरजस्ती करणी गरेको आरोपमा दिक्तेल रुपाकोटका एक पुरुष पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१० पाथेकाका ४५ वर्षीय धनकाजी राई सोमबार राति पक्राउ परेका हुन् ।

स्थानीय ४० वर्षीय महिलालाई गत पुस ३ गते जबरजस्ती करणी गरेको आरोपमा राई पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सागर साहले बताए ।

पक्राउपछि अनुसन्धान सुरु गरिएको साहले बताए ।

प्रकाशित : माघ ४, २०७८ १५:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?