जबर्जस्ती करणी आरोपमा एक पक्राउ

डम्बरसिं राई

खोटाङ — जबर्जस्ती करणी गर्ने एक पुरुष पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ४५ वर्षीय धनकाजी राई सोमबार राति पक्राउ परेका हुन् ।

स्थानीय ४० वर्षीय महिलालाई गत पुस ३ गते जबर्जस्ती करणी गरेको आरोपमा राई पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सागर साहले बताए ।

पक्राउपछि आरोपित राईमाथि अनुसन्धान सुरु गरिएको साहले बताए । पछिल्लो समय बलात्कार प्रयास तथा जबर्जस्ती करणी आरोपमा प्रहरी समक्ष उजुरीको दिनेको संख्या बढ्दो क्रममा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : माघ ४, २०७८ १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?