१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

कोसी अस्पतालका ४६ कर्मचारी संक्रमित

विराटनगर — तेस्रो चरणको कोरोना संक्रमण सुरु भए यता कोसी अस्पतालका ९ चिकित्सक सहित ४६ कर्मचारी संक्रमित भइसकेका छन् ।  संक्रमित हुनेमा १७ नर्स र बाँकी कार्यालय सहयोगी, सफाइ कर्मचारी र पारामेडिक्स भएको अस्पतालका मेसु डा.चुमनलाल दासले बताए ।

कोसी अस्पतालका ४६ कर्मचारी संक्रमित

उनले मंगलबारको पीसीआर रिपोर्टमा दुई वरिष्ठ चिकित्सक सहित ५ संक्रमित थपिएको बताए । अन्य ३ मा स्वास्थ्यकर्मी र कार्यालय सहयोगी छन् । यसअघि सोमबारसम्म अस्पतालका ७ चिकित्सकसहित ४१ कर्मचारीमा संक्रमण पुष्टि भइसकेको डा.दासले जानकारी दिए ।

उनका अनुसार संक्रमितमध्ये २ प्रयोगशालाकर्मीसहित ४ सहयोगी कर्मचारी निको भएका छन् । अन्य होम आइसोलेसनमा उपचार गरिरहेको डा.दासले जानकारी दिए । अहिलेसम्म अस्पतालको कुनै पनि विभाग बन्द नगरिए पनि यसैगरि संक्रमण बढिरहेमा आउँदा दिनमा केही भन्न नसकिने उनले बताए ।

स्थिति नसुध्रिएमा डा. दासले विभागहरू बन्द गर्नुपर्ने अवस्था आउन सक्ने संभावना देखिएको बताए । ‘कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षण भएका थुप्रै कर्मचारी अहिले होम आइसोलेसनमा छन्, कतिपयले पीसीआर परीक्षण गराउन बाँकी छ भने कतिको रिपोर्ट आइसकेको छैन,’डा.दासले भने ।

यसैगरी विराटनगरस्थित भूमि सुधार तथा मालपोत कार्यालयका थप दुई कर्मचारीमा संक्रमणको पुष्टि भएको छ । ६ कर्मचारीमा संक्रमणको पुष्टि र बाँकी केहीमा मिल्दाजुल्दा लक्षण देखिए पछि आइतबारदेखि उक्त कार्यालय दैनिक सेवा बन्द गरिसकेको छ ।

प्रकाशित : माघ ४, २०७८ १४:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?