कोसी अस्पतालमा ४ चिकित्सकसहित ८ संक्रमित थपिए- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोसी अस्पतालमा ४ चिकित्सकसहित ८ संक्रमित थपिए

कान्तिपुर संवाददाता

विराटनगर — तेस्रो चरणको कोरोना संक्रमण बढेसँगै विराटनगरस्थित कोसी अस्पतालमा संक्रमितहरूको संख्या बढ्दो क्रममा छ ।

सोमबार सार्वजनिक भएको पीसीआर रिपोर्ट अनुसार ४ चिकित्सकसहित थप ८ स्वास्थ्यकर्मी संक्रमित देखिएका छन् । अस्पतालकी सूचना अधिकारी मञ्जु यादवकाअनुसार यसअघि अस्पतालका ३ चिकित्सकसहित २७ जनामा संक्रमणको पुष्टि भइसकेको थियो।

उक्त अस्पतालमा ८० चिकित्सक र ७६ नर्सिङ स्टाफसहित ५ सय १६ कर्मचारी कार्यरत छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतका अनुसार विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्र, विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायत प्रदेशका ३१ अस्पतालले संक्रमितको उपचार गर्दैछ । प्रदेशमा चार सरकारीलगायत ९ बढी पीसीआर प्रयोगशाला सञ्चालित छन् ।

निर्देशक बस्नेतले निर्देशनालयको सूचना व्यवस्थापन इकाइ (इन्फर्मेसन म्यानेजमेन्ट युनिट, आइएमई) हेर्ने कर्मचारीलाई यससम्बन्धी तथ्यांक संकलन गर्ने जिम्मेवारी दिइएको बताए ।

‘तथ्यांक अपडेट हुँदैछ, अस्पतालभित्रको वास्तविक संक्रमितको संख्या निकाल्दैछौं,’ उनले भने, 'दिनहुँ बिरामीको बढी चाप हुने सरकारी र निजी अस्पतालका स्वास्थ्यकर्मी एवं प्रयोगशालाकर्मी बढी संक्रमित भइरहेका छन् ।'

प्रकाशित : माघ ३, २०७८ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्

प्रदेश २ को नाम मधेस, राजधानी जनकपुरधाम

अजित तिवारी, सन्तोष सिंह

जनकपुर — प्रदेश सभामा सोमबार भएको मतदानमा प्रदेश २ को नाम मधेस  पारित भएको छ । दुई तिहाई बहुमतले पारित भएपछि अब प्रदेश २ को नाम मधेस प्रदेश भएको छ । झन्डै ४ वर्षपछि प्रदेश २ को नाम र राजधानी तय भएको छ । 

सोमबार प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि भएको मतदानमा राजधानी जनकपुरधाम र नाम मधेस प्रदेश प्रस्ताव दुई तिहाई बुहमतले पारित भएको हो । विशेष संसदीय समितिको नामाकरणसम्बन्धी पहिलो प्रस्ताव ‘मधेस प्रदेश’ को पक्षमा ८० मत परेको छ । प्रदेशसभामा १०३ जना सदस्यमध्ये उपस्थित ९९ जना प्रदेशसभा सदस्यमध्ये १९ जनाले विपक्षमा मतदान गरेका थिए ।

सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) र नेकपा माओवादी केन्द्रले संयुक्त रुपमा गरेको ‘मधेस प्रदेश’ प्रस्तावमा प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले समर्थन गरेको थियो । योसँगै संसदीय समितिले प्रस्ताव गरेका नाम ‘मिथिला भोजपुरा प्रदेश’, ‘जानकी प्रदेश’ र ‘मध्य मधेस प्रदेश’ प्रस्ताव स्वत: निस्क्रिय भएको सभामुख सरोज यादवले घोषणा गरे ।

सम्बन्धित समाचार

प्रकाशित : माघ ३, २०७८ १७:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×