२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

प्रदेश १ मा थप ६१७ जनामा कोरोना पुष्टि

विराटनगर — सामाजिक विकास मन्त्रालयको कोभिड-१९ दैनिक प्रतिवेदनले सोमबार प्रदेश एकमा ६ सय १७ कोरोना संक्रमित थपिएको जनाएको छ । तेस्रो चरणको कोरोना कहर सुरु भएयता एकै दिनमा थपिएको यो संक्रमितको सबैभन्दा ठूलो संख्या हो । 

प्रदेश १ मा थप ६१७ जनामा कोरोना पुष्टि

मोरङ र सुनसरीमा १/१ जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ । १८ जना संक्रमणमुक्त भएका छन् भने प्रदेशको विभिन्न अस्पतालमा ६१ जनाको उपचार भइरहेको प्रतिवेदनमा जनाइएको छ । २ हजार १ सय २८ जना होम आइसोलेसनमा छन् । आइतबारको तुलनामा अस्पतालमा २६ र होम आइसोलेसनमा ४ सय ७८ थपिएका छन् ।

उक्त प्रतिवेदनअनुसार ८ सय ८९ को पीसीआर परीक्षण गर्दा ५ सय २१ (५८.६१ प्रतिशत) र ३ सय ८० को एन्टिजेन परीक्षण गर्दा ९६ (२५.२६ प्रतिशत) संक्रमित देखिएका छन् ।

विराटनगरका १ सय ९१ सहित मोरंगका २ सय २७, झापाका १ सय १६, सुनसरीका १ सय २९, धनकुटाका ४, भोजपुरका २, उदयपुरका १, सोलुखुम्बुका २, इलामका २ र प्रदेश बाहिरका जिल्लाका ३८ संक्रमित भएको प्रतिवेदनमा उल्लेख छ ।


प्रकाशित : माघ ३, २०७८ १६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?