कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

विद्यार्थी बलात्कारको आरोपमा शिक्षक पक्राउ

डम्बरसिं राई

खोटाङ — आफ्नै विद्यार्थीलाई जबरजस्ती गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । रावावेसी गाउँपालिका-२ खार्पास्थित भाषा आधारभूत विद्यालयका शिक्षक ३१ वर्षीय किशोर पोखरेल पक्राउ परेका हुन् । 

आफूमाथि पटक-पटक करणी भएको भन्दै पीडित किशोरी र उनका अभिभावकले उजुरी दिएपछि पक्राउ गरी आइतबार सात दिनको म्याद थप गरी अनुसन्धान बढाइएको प्रहरी नायव उपरीक्षक उमेश लम्सालले बताए ।

पोखरेललाई उदयपुरमा पुस ३० गते पक्राउ गरिएको डिएसपी लम्सालले बताए । उनका अनुसार जाहेरीपछि इलाका प्रहरी कार्यालय उदयपुरस्थित रामपुर, ठोक्सिलाले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय खोटाङलाई बुझाएको हो ।

डिएसपी लम्सालका अनुसार किशोरीलाई भदौ ९ गते, असोज ६ गते र मङ्सिर १३ गते करणी गरेको पीडितले जाहेरी दिएकी छन् ।

प्रकाशित : माघ ३, २०७८ १३:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?