१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

भन्सार छलेर ल्याइएका माछा खाडल खनेर नष्ट

अर्जुन राजवंशी

बिर्तामोड — भन्सार छली भित्र्याइएको ६ सय ४० केजी माछा प्रहरीले नष्ट गरेको छ । भारतबाट अवैध रुपमा भित्र्याइएको १६ कार्टुन माछा प्रहरीले आइतबार बिहान ८ बजे गौरादह नगरपालिका ३ सहिद गेटबाट नियन्त्रणमा लिएको थियो ।

भन्सार छलेर ल्याइएका माछा खाडल खनेर नष्ट

मे १ च ३६३२ नम्बरको म्याजिक भ्यानमा ल्याउँदै गरेको अवस्थामा भ्यानसहित माछा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी बसन्त पाठकले जानकारी दिए ।

नियन्त्रणमा लिएको माछा आइतबार मध्याह्न स्थानीय, पत्रकार, जनप्रतिनिधिलगायतको उपस्थितिमा खाडल खनी नष्ट गरेको डीएसपी पाठकले बताए ।

प्रकाशित : माघ २, २०७८ १७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?