विराटनगरको मालपोत कार्यालय अनिश्चितकालका लागि बन्द

संकटमा कोसी अस्पताल

विराटनगर — ६ जना कर्मचारी संक्रमित एवं थप केहीमा कोभिड-१९ सँग मिल्दोजुल्दो लक्षण देखिएपछि विराटनगरस्थित भूमि सुधार तथा मालपोत कार्यालय आइतबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि बन्द भएको छ ।

विराटनगरको मालपोत कार्यालय अनिश्चितकालका लागि बन्द

कार्यालय परिसरको भित्तामा यस सम्बन्धमा जानकारी दिँदै मालपोत कार्यालयले सार्वजनिक सूचना टाँसेको छ ।

अर्को सूचना प्रकाशित नभएसम्मका लागि कार्यालयको आन्तरिक कामकाज बाहेक सेवाग्राहीलाई सेवा प्रदान गर्न कार्यालय असमर्थ रहेको सूचनामा उल्लेख गरिएको छ । ‘यसबाट सेवाग्राहीलाई पर्न गएको असुविधाप्रति कार्यालय क्षमाप्रार्थी छ,’ सूचनामा भनिएको छ ।

अर्कोतिर तेस्रो चरणको कोरोना कहरसँगै चिकित्सकहरूसहित झन्डै ४० कर्मचारी संक्रमित भएको र थप केहीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि विराटनगरस्थित कोसी अस्पतालको सेवा प्रभावित हुने भएको छ । ‘धेरै जना चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी कन्ट्याक्ट ट्रेसिंगमा परेका छन्, सबै जनाको रिपोर्ट आएपछि आउँदा दिनमा सेवा कसरी दिने भन्नेबारेमा छलफल गर्छौं,’ अस्पतालका मेसु डा.चुमन लाल दासले भने ।

प्रकाशित : माघ २, २०७८ १४:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?