कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

माघे संक्रान्तिमा हुर्रा नाच

धनकुटा — माघे संक्रान्तिका अवसरमा धनकुटाको चौबिसे क्षेत्रमा हुर्राको रौनक छाएको छ । मगर समुदायको बाहुल्य रहेको चौबिसे गाउँपालिकाका विभिन्न स्थानमा हुर्राको आकर्षक नृत्य प्रस्तुत गरियो ।

उक्त अवसरमा मगर जातिको भेषभूषामा सजिएका मगर युवायुवतीले हुर्रा नृत्य प्रर्दशन गरेका थिए । चौबिसे गाउँपालिकाको मुढेवास, टोड्के, सोगुम, सुरुंगी र वसन्तटारस्थित ठाडागाउँ र आमडाँडामा मगर जातिको अधिक बाहुल्य रहेको छ । त्यही क्षेत्रबाट सहभागी भएका सयौं हुर्रामा सहभागी भए । मगर जातिको बसोबास क्षेत्रमा प्रत्येक वर्ष तिहारको केहीअघिदेखि केही दिनसम्म हुर्रा नाचिने चलन छ ।

हुर्राको भाका र ताल दुवै उत्तिकै आकर्षक हुने चर्चित गायक तुलसी पराजुली बताउँछन् । उनी वसन्तटारमा आयोजित हुर्रा नृत्यमा सहभागी भएको बताए । जिल्लाको मुढेबासबाट हुर्रा नाचको सुरुवात भएको मगर समुदायका अग्रजको दाबी छ । चौबिसे क्षेत्रमा मादल, बासुरी, खैजडीसहित हुर्राको आकर्षक भाकाले रौनकता छाएको छ ।

गाउँबस्तिमा जोर मादल र बाँसुरीको साथमा हुर्रामा मगर जाति मात्र सहभागी भएनन्, त्यहाँ पुग्ने जोकोहिले नृत्यमा साथ दिए । जिल्लाको वशन्तटार, भेडेटार, राजारानी लगायत चौबिसे क्षेत्र तथा खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिका महालक्ष्मी नगरपालिकालगायत मगर समुदायको बाहुल्य बस्तीमा माघे संक्रान्ति र तिहारमा धुमधामले हुर्रा नृत्य नाचिने मगर संघका पूर्वसचिव इन्द्र सारु मगरले बताए ।

खासगरी मुलुकको पूर्वी केही जिल्लामा लोकप्रिय हुर्रा नाच धनकुटासँगै सुनसरी, मोरङलगायत जिल्लामा पनि विस्तार हुँदै गएको मगरले बताए ।


प्रकाशित : माघ २, २०७८ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?