कर्मचारी संक्रमित भएपछि गाउँपालिकाको सेवा बन्द

डम्बरसिं राई

खोटाङ — जन्तेढुंगा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई कोरोना भएपछि गाउँपालिकाले नियमित सेवा बन्द गरेको छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत पवनप्रसाद पोखरेललाई कोरोना भएपछि सुक्रबारदेखि माघ २ गतेसम्मका लागि गाउँपालिकको सेवा बन्द गरिएको हो ।

गाउँपालिका अध्यक्ष शंकरबहादुर राईका अनुसार बिहीबार एन्टिजेन परीक्षण गर्दा कोरोना पुष्टि भएपछि सुक्रबारदेखि कार्यालयको सेवा बन्द गरिएको हो । अध्यक्ष राईका अनुसार माघ ३ गतेदेखि मात्रै कार्यालय सञ्चालन गरिने छ ।

त्यस दिनदेखि कार्यालय आउँदा कोरोना विरुद्धको खोप लगाएको कार्ड र कोरोना परीक्षणको रिपोर्ट अनिवार्य गरिएको राईले बताए । कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले समेत खोप कार्ड अनिवार्य लिएर आउनु पर्ने राईले बताए । कोरोना संक्रमण तीव्र रुपमा फैलिन थालेपछि विभिन्न जिल्लाले सतर्कता बढाएका छन् ।

प्रकाशित : माघ १, २०७८ २१:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?