स्वास्थ्यकर्मीमा संक्रमण फैलँदो- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वास्थ्यकर्मीमा संक्रमण फैलँदो

कान्तिपुर संवाददाता

विराटनगर — विराटनगरस्थित कोसी अस्पतालका थप ११ कर्मचारीमा शुक्रबार संक्रमण पुष्टि भएको छ । बिहीबारसम्म तीन चिकित्सकसहित १५ जनामा कोरोना देखिएको थियो । न्युरो र नोबेल अस्पतालका स्वास्थ्यकर्मी पनि संक्रमित भएका छन् । 

प्रदेशका अन्य सरकारी तथा निजी अस्पतालले संक्रमितका बारेमा आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् । निजी अस्पतालमा शुक्रबार नोबेलका १ र न्युरोका ३ स्वास्थ्यकर्मीमा संक्रमणको पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

बिहीबारै जनसम्पर्क र बिरामीको सेवामा खटिएका स्थानीय न्युरो अस्पतालका केही कर्मचारी संक्रमित भएको स्रोतले जनाएको थियो । पाँच सयभन्दा बढी जनशक्ति भएका दुवै अस्पतालले संक्रमित कर्मचारीलाई होम आइसोलेसनमा राखेर नियमित सेवा सञ्चालन गरिरहेका छन् ।

कोसीमा संक्रमित हुनेमा आँखा, शल्यक्रिया र नसासम्बन्धी तीन चिकित्सक रहेको अस्पतालकी सूचना अधिकारी मञ्जु यादवले बताइन् । उनका अनुसार संक्रमित हुने अन्य २३ कर्मचारीमा पीसीआर प्रयोगशालाका तीन र बाँकी अस्पतालको विभिन्न विभागमा कार्यरत नर्स, प्राविधिक, कार्यालय सहयोगी र सफाइ कर्मचारी हुन् । थप ११ जनामा शुक्रबार संक्रमण पुष्टि भएको यादवले प्रस्ट पारिन् ।

उक्त अस्पतालमा कोरोना कहरको पहिलो चरणमा चिकित्सकसहित १ सय ५० जना र दोस्रो चरणमा ९० जना संक्रमित भएका थिए । संक्रमित सबै चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका मेसु डा.चुमनलाल दासले बताए । विराटनगरस्थित न्युरो अस्पतालका जनसम्पर्क एकाइका दुई जनासहित केही कर्मचारीमा सोमबार संक्रमणको पुष्टि भएको थियो । अस्पतालले भने संक्रमित कर्मचारीको यकिन संख्या सार्वजनिक गरिसकेको छैन ।

बिरामी नआएर आर्थिक नोक्सानी हुने कारणले स्वास्थ्यकर्मी एवं कर्मचारी संक्रमित हुँदा पनि अस्पतालले यसबारे मुख खोल्दैनन् । सामाजिक विकास मन्त्रालय र स्वास्थ्य निर्देशनालयसमेत अस्पतालभित्रका कर्मचारीमा संक्रमणको अवस्थाबारे अनभिज्ञ छ ।

एकीकृत जानकारी दिने संयन्त्र नभएकाले कहाँ कति संक्रमित भए, यकिन भन्न नसकिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले बताए । अस्पतालभित्रका कर्मचारीमा संक्रमणको अवस्था बुझ्न शनिबारदेखि एक संयन्त्र निर्माण गरेर काम गर्ने निर्देशकले बस्नेतले बताए ।

प्रकाशित : माघ १, २०७८ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्

कोरोना नियन्त्रणमा 'मेरो पार्टी, तेरो पार्टी' नभनी सबै एकजुट हौँ : प्रधानमन्त्री

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ नियन्त्रका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् ।शनिबार प्रमुख प्रतिपक्ष नेकपा एमालेले कोभिड नियन्त्रणका विषयमा बुझाएको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री देउवाले सबै मिलेर कोरोनाको तेस्रो लहरलाई परास्त गर्नुपर्ने बताएका हुन् ।

‘कोरोना नियन्त्रण र रोकथामका लागि तेरो पार्टी, मेरो पार्टी नभनी हामी सबै एक हुनुपर्छ’, प्रधानमन्त्रीले भने, ‘सबैको सहकार्य र एकताबाट कोरोना नियन्त्रण र रोकथाम गर्न सकिन्छ ।’

प्रधानमन्त्री देउवाले तेस्रो लहरसँग आएको ओमिक्रोन भाइरस धेरै संक्रामक भएकाले सवधानी अपनाउन र सचेतना फैलाउन सरकारले पहल गरिरहेको पनि बताए ।

प्रधानमन्त्रीले आफूले सरकारको नेतृत्व गरेपछि कोभिड-१९ विरुद्धको खोप लगाउने संख्या वृद्धि भएको बताउँदै सबै खोप लगाउन योग्य नागरिकलाई दुवै डोज खोप लगाउनेगरी सरकार अघि बढेको पनि बताए ।

नेकपा एमाले उपाध्यक्ष नेता सुवास नेम्वाङको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई कोभिड रोकथाम र उपचारका बारेमा ज्ञापनपत्र बुझाएको हो ।

यस्तो छ एमालेको ध्यानाकर्षण पत्र

प्रकाशित : माघ १, २०७८ १०:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×