२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

मिक्लाजुङमा आगलागीबाट एक घर नष्ट, लाखौंको क्षति

लक्ष्मी गौतम

पाँचथर — पाँचथरको मिक्लाजुङ गाउँपालिका ४ रबिस्थित मुढे गाउँमा आगलागी हुँदा एउटा घर ध्वस्त भएको छ ।

मिक्लाजुङमा आगलागीबाट एक घर नष्ट, लाखौंको क्षति

स्थानीय प्रकाश साम्पाङको घरमा बिहान आगलागी हुँदा घरभित्रका नगद, जिन्सी, लत्ताकपडा र अन्न लगायत धनमाल जल्दा करिब ४० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

साथै जिन्सीसँगै एउटा गोठसमेत जलेको छ । तर आगो के कारणले लागेको भन्नेबारे खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : पुस ३०, २०७८ १९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?