१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

धनकुटामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु

धनकुटा — कोसी राजमार्ग अन्तर्गत धनकुटा–२ नागढुंगामा शुक्रबार बिहान टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

धनकुटामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु

बा प्र ०३–००१ क ०५४९ नम्बरको टिपर सडकबाट अन्दाजी २५ मिटर तल झर्दा टिपर चालक र सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर प्यूठानको मान्डवी गाउँपालिका वडा नं. १ का टिपर चालक २८ वर्षीय भुवन थ्रेडी मगर र दाङको बबई गाउँपालिका वडा नं ३ का २१ वर्षीय नवीन विकको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी नहकुल पोखरेलले जानकारी दिए ।

दुर्घटनास्थलमा पुगेको प्रहरीले दुवै जनाको सव गाडीमुनि च्यापिएको अवस्थामा फेला पारेको एसपी पोखरेलले जानकारी दिए ।

प्रकाशित : पुस ३०, २०७८ १४:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?