कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

खोटाङमा वडा तहसम्मै गठबन्धन मजबुत बनाइने

डम्बरसिंह राई

खोटाङ — नेपाली कांग्रेस खोटङका सभापति विष्णुकुमार राईले सत्तापक्षीय गठबन्धनले वडा तहसम्मै मजबुत गठबन्धन कायम राख्ने बताएका छन् ।

खोटाङमा वडा तहसम्मै गठबन्धन मजबुत बनाइने

बिहीबार पत्रकार सम्मेलन गरी सभापति राईले प्रतिगमनविरुद्ध सत्ता साझेदार पार्टीको एकता आवश्यक भएकाले वडा तहसम्मै मजबुत गठबन्धन कायम राखिने बताएका हुन् ।

कांग्रेस जिल्ला सभापति विष्णुकुमार राईको संयोजनमा बसेको गठबन्धन पक्षधरहरूको बैठकले आगामी माघ १२ गते राष्ट्रिय सभाको चुनावमा खोटाङबाट मतदान गर्ने जनप्रतिनिधिहरूबीच गठबन्धनको पक्षमा मतदान गर्न समन्वय गर्ने, जिल्लाको समग्र विकासका लागि साझा प्रयास जारी राख्दै गठबन्धनमा आवद्ध दलहरूको पालिकाहरूमा संयुक्त बैठक राखी जनताका मागहरू प्रदेश र संघीय सरकार मार्फत तत्काल सम्बोधन गर्न पहल गर्ने लगायत निर्णय गरिएको सभापति राईले बताएका छन् ।

कांग्रेस सभापति राई, नेकपा (माओवादी केन्द्र) खोटाङका अध्यक्ष पृथ्वी किराती, एकीकृत (समाजवादी पार्टी) खोटाङका अध्यक्ष जलसेर राई र जनता समाजवादी पार्टीका अध्यक्ष टंक थापाद्वारा जारी संयुक्त विज्ञप्तिमा गठबन्धनलाई तल्लो तहसम्म मजबुत बनाउने उल्लेख छ ।

प्रकाशित : पुस २९, २०७८ १८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?