कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

ट्याक्टरकाे ठक्करले विद्यार्थीकाे मृत्यु

माेरङ — उर्लाबारि नगरपालिका- ३ मा ट्याक्टरले ठक्कर दिँदा एक विद्यार्थीकाे मृत्यु भएकाे छ । बुधबार उर्लाबारी ७ घर भई स्थानीय नेपाल दर्शन कलेजमा अध्ययनरत २१ वर्षीय निश्चल बानियाँकाे मृत्यु भएकाे हाे ।

घरबाट प्रदेश१-०१-०१३प ७१५२ नम्बरकाे माेटरसाइकलमा कलेज जाने क्रममा उर्लाबारी ३ स्थित साेल्टी खाेलाकाे पुलमा विपरीत दिशाबाट आएकाे काे २ च ८२९६ नम्बरकाे ट्याक्टरले ठक्कर दिँदा घटनास्थलमा नै मृत्यु भएकाे जिल्ला प्रहरी माेरङका डीएसपी दिपक श्रष्ठले बताए ।

इलाका प्रहरी उर्लाबारीले ट्याक्टर र चालक मिक्लाजुङ गाउँपालिका-६ का १९ वर्षीय माेहन तामाङ्लाई नियन्त्रणमा लिई घटनाकाे अनुसन्धान गरिरहेकाे श्रेष्ठले बताए ।

प्रकाशित : पुस २८, २०७८ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?