कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

एमाले उदयपुरमा घिमिरे

उदयपुर — नेकपा (एमाले)को उदयपुर जिल्ला अध्यक्षमा प्रमेश्वर घिमिरे सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षमा ज्ञानेद्र श्रेष्ठ, सचिव कालु लामा, उप सचिवमा टेकबहादुर राउत र भरतकुमार थापा सर्वसम्मत चयन भएका छन् ।

एमाले उदयपुरमा घिमिरे

एमालेको आठौं जिल्ला अधिवेशनबाट ५ पदाधिकारीसहित १ सय ५ सदस्य जिल्ला कमिटी चयन भएको हो ।

अधिवेशनले पार्टी जिल्ला इन्चार्ज तथा पोलिटब्युरो सदस्य मञ्जुकु्मारी चौधरीको अध्यक्षतामा ९ सदस्यीय अध्यक्षमण्डल बनाएको थियो ।

केन्द्रिय सदस्य अम्बिका थापा, पूर्व अध्यक्ष वेदप्रसाद पोखरेल, सचिवालय सदस्य दुर्गाकुमार थापालगायत सदस्य रहेको अध्यक्षमण्डलले निकै ठूलो कसरतपछि सर्वसम्मत नेतृत्व चयन गरेको अध्यक्षमण्डलकी अध्यक्ष चौधरीले बताइन् ।

प्रकाशित : पुस २६, २०७८ २०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?