एमाले खोटाङको अध्यक्षमा दंगाल

खोटाङ — नेकपा एमाले खोटाङको अध्यक्षमा रामप्रसाद दंगाल चयन भएका छन् । जिल्लाको माटीकोरे कभर्ड हलमा पुस २३ र २४ गते सम्पन्न सातौं जिल्ला अधिवेशनले दंगाललाई अध्यक्ष बनाएको हो ।

एमाले खोटाङको अध्यक्षमा दंगाल

उपाध्यक्षमा देवविक्रम राई, सचिवमा कुमार आचार्य, सहसचिवमा दीपनारायण रिजाल र सुरेन्द्रकुमार राई छनोट भएका छन् । यससँगै अधिवेशनबाट एक सय १९ सदस्यीय जिल्ला कमिटी गठन भएको हो ।

अधिवेशनले ७७ सदस्यीय सल्लाहकार समितिसमेत निर्माण गरेको छ । एमाले अध्यक्ष केपी ओलीले गत शुक्रबार मुलुकभर एकैसाथ जिल्ला अधिवेशन उद्घाटन गरेका थिए ।

प्रकाशित : पुस २५, २०७८ १५:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?