कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

नकाब लगाएर बलात्कार प्रयास !

पर्वत पोर्तेल

काँकडभिट्टा — झापाको शिवसताक्षी नगरपालिकास्थित एक महिलाले काम गरेर घर फर्कने क्रममा अनुहारमा नकाब लगाएको एक अज्ञात पुरुषले बलात्कार प्रयास गरेको बताएकी छन् ।

नकाब लगाएर बलात्कार प्रयास !

झापाको शिवसताक्षी नगरपालिका-९ दुधेकी ती महिला घर बनाउने मजदुरी गर्छिन्। काम सकेर घर फर्कँदै गर्दा शुक्रबार साँझ करिब ६ बजे उनीमाथि बलात्कार प्रयास भएको थियो ।

‘साइटमा काम गरेर फर्किँदै थिएँ । कालो कपडाले अनुहार छोपेको मान्छेले मुख छोपेर बलात्कार गर्ने प्रयास गर्‍यो,’ ती महिलाले बताइन् । उनका अनुसार पुरुषको कान्छी औंला टोकेर उनी त्यहाँबाट उम्किएकी थिइन् । ‘मलाई लडाएर दुर्व्यवहार गर्न खोज्दै थियो । औंला टोकेपछि मेरो मुखको हात छुट्यो, गुहार माग्न थालेपछि भाग्यो,’ उनले भनिन् ।

साइकल चढेर आएका ती व्यक्ति महिला चिच्याउन थालेपछि चप्पल र साइकल छाडेर भागेको महिलाले बताएकी छन् ।

घटनापछि आरोपीलाई खोजबिन गरी कारबाहीको माग गर्दै पीडित परिवार इलाका प्रहरी कार्यालय झिलझिलेमा उजुरी दिन गएको थियो । तर, प्रहरीले उजुरी नै गर्न नदिएको पीडितका बाबुले गुनासो गरेका छन् । ‘उजुरवाजुर केही चाहिँदैन हामी मान्छे खोज्छौं भनेर प्रहरीले पठाउनुभयो । हामी त चौकीमै साइकल बुझाएर फर्कियौं ।’

दुई वर्षअघि बिहे गरेकी ती महिलाको एक सन्तान पनि छ । उनी हाल माइती घरमै बस्दैआएकी र घर बनाउने श्रमिकको रुपमा कार्यरत रहेकी छन्।

प्रकाशित : पुस २४, २०७८ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?