कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

हिउँमा फसेका बाबुछोराको उद्धार प्रयास जारी

आनन्द गौतम

ताप्लेजुङ — हिमपातका कारण गत पुस १४ गतेदेखि जंगलमै अलपत्र ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङका बाबुु र छोराको उद्धार प्रयास आइतबार पनि गरिने भएको छ ।

हिउँमा फसेका बाबुछोराको उद्धार प्रयास जारी

लाक्पाटासी र उनका १४ वर्षीय छोरा पासाङको खोजीमा अल्टिच्युट एयरको हेलिकप्टर शनिबारदेखि ताप्लेजुङमा छ ।

हिजो दुईपटक प्रयास गर्दापनि नदेखिएपछि साँझ पर्दै गएको, मौसम बिग्रिएको र इन्धन सकिने भएपछि तेह्थुमको लसुने गएको हेलिकप्टर इन्धन भरेर बिहानै आउने पापुङका वडाध्यक्ष डण्डु शेर्पाले बताए । लोकेसन करिब पत्ता लागिसकेकाले आइतबार बिहान उद्धार सहज हुने अपेक्षा गरिएको उनले जानकारी दिए ।

गोठ सार्ने क्रममा परेको हिमपातका कारण ओडारमा बसेका उनीहरुले निस्कन नसकेकाले हेलिकप्टरबाट उद्धार गरिदिन परिवार र वडाध्यक्षलाई आग्रह गरेका थिए ।

प्रकाशित : पुस १८, २०७८ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?