१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

हिउँमा फसेका बाबुछोरा उद्धारमा गएको हेलिकप्टर रित्तै फर्कियो 

आनन्द गौतम

ताप्लेजुङ — चार दिनदेखि हिउँमा फसेका बाबुछोरा खोज्न गएको हेलिकप्टर फर्किएको छ । अल्टिच्युट एयरको हेलिकप्टरले पापुङको गाउँमा बसेर दुई पटक प्रयास गर्दा पनि नभेटेपछि सुकेटार विमानस्थल फर्किएको हो । उक्त क्षेत्रको मौसम बिग्रिएकाले आइतबार फेरि प्रयास गर्नेगरी सुकेटारमै राखिने वडाध्यक्ष डण्डु शेर्पाले बताए । 

हिउँमा फसेका बाबुछोरा उद्धारमा गएको हेलिकप्टर रित्तै फर्कियो 

जिल्लाको मिक्वाखोला गाउँपालिका ५ पापुङका लाक्पाटाँसी शेर्पा र उनका १४ वर्षका छोरा पासाङ १४ गते बेलुकादेखि हिउँमा फसेका छन् । उनीहरु चौंरी गोठ सार्ने क्रममा हिउँमा फसेको वडाध्यक्ष शेर्पाले बताए । शनिबार बिहान ५ बजेतिर टेलिफोन गरेर हेलिकप्टरबाट आफूहरुको उद्धार गरिदिन अध्यक्ष शेर्पालाई अनुरोध गरेका थिए । शुक्रबार दिउँसोदेखि टेलिफोन सम्पर्कमा रहेका उनीहरुले ओडारमा बसेको बताएको शेर्पा बताउँछन् ।

शनिबार बिहान वडाध्यक्ष डण्डु शेर्पालाई टेलिफोन गरेर आग्रह गरेका छन् । ‘उहाँहरुसँग हिजो पनि टेलिफोन सम्पर्क भएको थियो, हामीलाई चौंरीसँगै हिउँ पहिरोले बगायो तर ओडार भेटेर बसेका छौं निस्कन सक्छौं होला भन्नु भयो,’ वडाध्यक्ष शेर्पाले भने, ‘आज बिहान ५ बजे फोन गरेर हामी निस्कन नसक्ने भयौं हेलिकप्टरबाट निकालीदिनु भन्नुभयो र प्रयास गरिरहेका छौं ।’ पाथीभरा तीर्थयात्री लिएर आएको माउन्टेन एयरको हेलिकप्टरले सुरुमा जाने भनेको पछि हिउँमा ल्यान्ड गर्न सक्दिनँ भनेपछि काठमाडौंबाट फेरि अल्टिच्युट एयरको हेलिकप्टर झिकाएको डण्डु बताउँछन् ।

माउन्टेनले माथिबाट सामान झार्न पनि नसकिने बताएको थियो । ‘बिहान चाँडो भएको भए सम्भव हुन्थ्यो होला,’ वडाध्यक्ष शेर्पाले भने, ‘ढिला भएकाले मौसम बिग्रियो ।’ गाउँबाट खोज्न गएको युवाको टोली पनि हिउँ छिचोल्न नसकेर फर्किएको शेर्पा बताउँछन् ।

प्रकाशित : पुस १७, २०७८ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?