कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

४४ वर्षीयले १५ वर्षको भन्दै विवाह गर्न खोजेपछि...

विनोद भण्डारी

विराटनगर — शनिबार कन्याको घरमा विवाहको तयारी सुरु भइसकेको थियो । निम्तालुहरू दुलहीलाई दिने उपहार बोकेर जम्मा भइरहेका थिए । मिस्ठान्न पाक्दै थियो । कन्याको सिंगार पेटार चलिरहेको थियो ।

जब दुलाहा दुई वटा मोटरसाइकलमा तीन जना बरियाती लिएर कन्याको घरमा साँझ आइपुगे तब विवाहको माहोल एकाएक बदलियो । भारतको उत्तर प्रदेश धनुसरा सिलवर नगरका ४४ वर्षीय मोहमद सलिम उद्धिनले आफूलाई १५ वर्षको भन्दै विराटनगर–१४ जतुवाको एक विपन्न परिवारकी १५ वर्षकै कन्यासँग विवाह (निकाह) गर्ने पक्कापक्की गरेका थिए ।

कन्याका अभिभावकले पनि दाइजो दिन नपर्ने भएपछि दुलाहाका बारेमा बुझ्दै नबुझी विश्वासको भरमा छोरी अन्माउने तयारी गरे । कन्या दिए एक रुपैयाँ पनि दहेज नलिने समिलको प्रस्तावपछि कन्यातर्फका अभिभावक राजी भएर शनिबारका लागि विवाहको तिथि पक्का गरे । त्यसबेलासम्म कन्याका परिवारले दुलाहाालाई देखेकै थिएनन् । सलिमको विवाहको प्रस्ताव सुनसरी नरसिंहका नातामा आफन्त पर्ने कलिउद्धिनले लिएर आएका थिए ।

दुलाहाको उमेर १५ वर्ष भनिएको थियो । कन्याका आफन्त मोहमद उजिरले भने, ‘उनको एक बित्ता लामो दाह्री देखेपछि कन्यापक्ष चकित भयौं । १५ वर्षको युवकको एक बित्ता लामो दाह्री ?’ त्यसपछि कन्यापक्षले दुलाहाको आधार र रासन कार्ड माग्दा देखाउन नमानेपछि कन्यापक्षले शंका मानी प्रहरीलाई बोलाउने तयारी गरे ।

दुलाहाले त्यसो नगर्न भन्दै आफ्नो फर्जी भोटर कार्ड देखाए । जसमा जन्ममिति सन् २००६ सेप्टेम्बर उल्लेख थियो । तर उनको शारीरिक बनावट र दाह्रीले सलिम १५ वर्षको हुनै नसक्ने भन्दै उपस्थितले आधार कार्ड नदेखाए प्रहरी बोलाएर ठगी मुद्दामा कारबाही गर्ने धम्की दिएपछि सक्कली आधार कार्ड देखाउन बाध्य भए ।

उक्त आधार कार्डमा दुलाहाको जन्ममिति १९७८ जनवरीअनुसार ४४ वर्षको पाइयो । त्यसपछि कन्यापक्ष झनै आक्रोशित भए । युवतीले पनि आफू यस्ता ठगसँग विवाह नगर्ने भनेपछि कन्यापक्ष उक्त युवकलाई हातखुट्टा बाँधेर प्रहरीलाई जिम्मा लगाउन तम्सिए । त्यसैबेला दुलाहा बनेर आएका युवक मोटरसाइकल चढी जोगवनी नाका हुँदै भारततर्फ भागेका थिए ।

प्रकाशित : पुस १२, २०७८ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?