कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

माओवादी केन्द्र प्रदेश १ अध्यक्षमा नेम्वाङ

देवनारायण साह

माेरङ — माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ विजयी भएका छन् । अर्थमन्त्री जनार्दन शर्माका प्रमुख स्वकीय सचिव नेम्वाङले १६९ मत ल्याएर विजयी भएका हुन् ।

माओवादी केन्द्र प्रदेश १ अध्यक्षमा नेम्वाङ

अध्यक्षका अर्का प्रत्याशी मुक्साहाङ मेन्याङ्बाेले ६४ मत ल्याई पराजित भएका छन् । अध्यक्षमा खसेकाे २४० मतमध्ये ७ मत बदर भएकाे निर्वाचन समितिले जनाएकाे छ ।

तीन जना उपाध्यक्षमा मणिकुमार साम्पाङ १११, देवान चाम्लिङ १२०, र शिवकुमार डाँगी ११३ मत ल्याई विजयी भएका छन् ।

सचिवमा गणेश उप्रेतीले १४८ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी सिपी कडरियाले ८३ मत ल्याए । यस्तै, ३ जना सहसचिवमा कुमारी राई ११४, सागर किराँती ७३ र ऋषिराम ढुंगाना ९५ विजयी भएका छन् ।

काेषाध्यक्षमा ९३ मत ल्याएर रेवतराज पुरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी बन्दना झाँगडले ५७ मत प्राप्त गरिन् ।

९ जना पदाधिकारीका लागि भएकाे निर्वाचन प्रक्रियामा २४० जनाले मतदान गरेका थिए भने २९ जनाले उम्मेदवारी दिएका थिए । मतदान प्रक्रियामा १९ जना अनुपस्थित भएकाे निर्वाचन समितिले जनाएकाे छ ।

माओवादी केन्द्रकाे मंसिर २५ र २६ गते सम्पन्न प्रदेश अधिवेशनले २७१ सदस्यीय कार्य समिति चयन गरे पनि पदाधिकारी चयनका लागि सहमति हुन नसक्दा बुधबार निर्वाचनमा जाने कार्य समितिले निर्णय गरेकाे थियाे ।

प्रकाशित : पुस ८, २०७८ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?