कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

विद्यालयलाई जग्गा दान

चन्द्र कार्की

तेह्रथुम — आठराई गाउँपालिका ३ ह्वाकुको सरस्वती माध्यमिक विद्यालयलाई स्थानीय मोहनकुमार डाँगीले लाखौं मूल्यको जग्गा दान दिएका छन् । ह्वाकुमा जन्मिएर काठमाडौंमा बस्दै आएका डाँगीले आमाको नाममा १५ रोपनी ४ आना ३ पैसा जग्गा प्रदान गरेका हुन् । 

विद्यालयलाई जग्गा दान

विद्यालयनजिकै रहेको जग्गा ११ लाख रुपैयाँमा खरिद गरी विद्यालयलाई प्रदान गरेको डाँगीले बताए । विद्यालयको ४७औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आफूले विद्यालयलाई जग्गा प्रदान गरेको डांगीले बताए ।

जग्गादाता डाँगीलाई विद्यालयको तर्फ जिल्ला समन्वय समिति प्रमुख शिवप्रसाद ढुंगानाले सम्मान गरे । प्राप्त जग्गामा स्रोतको व्यवस्थापन गरी नयाँ र आधुनिक भवन निर्माण गरिने प्रध्यानाध्यापक अकलबहादुर लिम्बुले बताए ।

प्रकाशित : पुस ५, २०७८ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?