१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

अपांगता भएका उद्यमी पुरस्कृत

पाँचथर — अपांगता भए पनि विभिन्न प्रकृतिका व्यवसाय र उद्यम गर्दै उदाहरणीय बनेका पाँचथरका २० जना नागरिकलाई जिल्ला समन्वय समिति पाँचथरले सम्मान गरेको छ ।

बुधबार फिदिममा आयोजित कार्यक्रममा अपांगता भएका नागरिकले उत्पादन गरेका घरेलु, कस्टमेटिक र बाँस तथा काठका सामग्री प्रदर्शनी पनि गरिएको थियो ।

शारीरिक रूपमा अशक्त हुँदाहुँदै पनि आत्मनिर्भर भएको भन्दै नगदसँगै सामग्री बनाउने कच्चा पदार्थ दिएर पुरस्कृत गरिएको हो । अपांगता पुनरुत्थान अभियानअन्तर्गत लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान पारेर उनीहरूलाई सम्मान गरिएको हो ।

प्रकाशित : मंसिर २३, २०७८ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?