२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

पतिको कुटपिटबाट पत्नीको मृत्यु

पर्वत पोर्तेल

काँकडभिट्टा — झापाको दमक नगरपालिकामा पतिको कुटपिटका कारण पत्नीको मृत्यु भएको छ ।

दमक १० का ४५ वर्षीय पति रामकुमार लिम्बुको कुटाइबाट ४९ वर्षीया घनादेवी आचार्यको मृत्यु भएको हो । कुटपिटका कारण गम्भीर घाइते घनादेवीको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो ।

कुटपिटमा संलग्न लिम्बुलाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : मंसिर १९, २०७८ १३:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?