कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

सोलुखुम्बुमा जिप भिरबाट खस्यो, चालक सख्त घाइते

भानुभक्त निरौला

सोलुखुम्बु — जिल्लाको साल्मेस्थित पहलमान भीरमा जिप खसेको छ । शनिबार बेलुकी पौने ८ बजेरित जिल्ला सदरमुकाम सल्लेरीबाट पत्ताले जाँदै गरेको जिप भिरबाट करिब ७ सय मिटर तल खस्दा चालक गम्भीर घाइते भएका छन् ।

सोलुदुधकुण्ड नगरपालिका ८ स्थायी घर भएका ३७ वर्षीय चालक तिन्कु मगरलाई उपचारका लागि फाप्लु अस्पताल ल्याइँदै गरेको र उनको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कवित कटवालले जनाए ।

दुर्घटनाको खबर पाउनासाथ घटनास्थल पुगेको प्रहरीले चालक मगरलाई घाइते अवस्थामा उद्धार गरेको जनाएको छ । गाडी क्षतविक्षत अवस्थामा सोलुखोला किनारमा फेला पारेको थियो । जिपमा अन्य यात्रु भने नरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर १८, २०७८ २१:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?