कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

प्रदेश १ कांग्रेसमा घिमिरे र थापा भिड्दै

विनोद भण्डारी

विराटनगर — कांग्रेस प्रदेश १ को सभापतिका लागि केन्द्रीय सदस्य गुरुराज घिमिरे र उद्धव थापाले उम्मेदवारी दर्ता गरेका छन् ।

प्रदेश १ कांग्रेसमा घिमिरे र थापा भिड्दै

घिमिरले पौडेल–कोइराला समूहबाट र थापाले सभापति शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला समूहबाट उम्मेदवारी दर्ता गरेका हुन् । घिमिरे केन्द्रीय सदस्य र नेपाल विद्यार्थी संघका पूर्वसभापति समेत हुन् भने थापा झापाका पूर्वजिल्ला सभापति हुन् ।

पदाधिकारीमा पनि दुवै समूहबाट प्यानल नै उम्मेदवारी परेको छ । देउवा–सिटौला समूहबाट राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझी र पूर्वसांसद टंक राईले उपसभापतिमा उम्मेदवारी दर्ता गरेका छन् ।

यसैगरी उक्त समूहबाट महामन्त्रीमा पदम पालुङ र भूपेन्द्र राईको उम्मेदवारी परेको छ । यसैगरी पौडेल–कोइराला समूहबाट उपसभातिमा गोविन्द ढुङ्गना र विश्वनाथ रिजाल तथा महामन्त्रीमा उमेश थापा र दिपन श्रेष्ठको उम्मेदवारी परेको छ ।

प्रदेशका १४ जिल्लाका १ हजार ७ सय ७० प्रतिनिधिले नेतृत्वका लागि शनिबार मतदान गर्नेछन् । १४ जिल्लामध्ये सस्थापन पक्षले ७ इतर पक्षले ६ र सिटौला समूहले एक जिल्ला सभापतिमा जितेका छन् ।

दुवै प्यानलका नेताहरू बिहीबार समूह बनाउन व्यास्त रहँदा र एकले अर्को प्यानलको अस्तित्व नस्वीर्कादा उदघाटन कार्यक्रम स्थगीत हुँदा अधिवेशनको उद्घाटन शुक्रबार गरिएको थियो ।

प्रकाशित : मंसिर १७, २०७८ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?