खुम्बुमा घुम्न गएकाको होटलमा मृत्यु

भानुभक्त निरौला

सोलुखुम्बु — खुम्बु क्षेत्रको भ्रमणमा आएका एक पर्यटकको बास बसेको होटलमै मृत्यु भएको छ । हिजो मात्रै लुक्लामा विमानमार्फत आएका नेपाली मूलका अमेरिकी नागरिक विन्देश्वर कक्षपति होटलमै बहोस भएका थिए ।

नाम्चे भ्रमणमा निस्केका ६१ वर्षीय कक्षेपतिको फाक्दिङस्थित ट्रेकर होटलमा मृत्यु भएको हो । चिसोको मौसममा होटलभित्र हिटर तापिरहेका कक्षपति एक्कासि बेहोस भएका थिए ।

बेहोस हुनासाथ तत्काल उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक कवित कटवालले जानकारी दिए । उनको शव पोष्टमार्टमका लागि हेलिकप्टरमार्फत काठमाडौंस्थित टिचिङ अस्पताल पठाइएको छ ।

खुम्बु क्षेत्रमा पछिल्लो साता चिसो अत्याधिक बढेसँगै घुम्न आउने पर्यटकको संख्या पनि न्यून हुँदै गएको छ ।


प्रकाशित : मंसिर १७, २०७८ १२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?