२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

अरुण तेस्रो आयोजनामा कार्यरत मजदुरको मृत्यु

रासस

संखुवासभा — संखुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा कार्यरत एक मजदुरको मृत्यु भएको छ । चिचिला गाउँपालिका–३ सोलाखानीस्थित अडिट ३ मा कार्यरत भारतको मध्यप्रदेशका ४५ वर्षीय मुगेरीलाल सिंहको मृत्यु भएको प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । 

अरुण तेस्रो आयोजनामा कार्यरत मजदुरको मृत्यु

गए राति सुरुङभित्र काम गर्ने क्रममा ढुंगाले लागेर भारतीय मजदुर सिंह घाइते भएका थिए । उनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो । घटनाबारे वास्तविकता पत्ता लगाउन प्रहरी घटनास्थलमा गएको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए । सुरुङभित्र काम गर्न जोखिम हुने गरेपनि आयोजनाले सुरक्षा सामग्री उपलब्ध नगराएको मजदुरको गुनासो छ ।

अरुण तेस्रो जलविद्युत् आयोजनास्थलमा अस्पताल नहुँदा मजदुरलाई समस्या भएको छ । हाल उक्त आयोजनामा नेपाली र भारतीय गरी झण्डै तीन हजार मजदुर कार्यरत छन् । काम गर्दा चोटपकट लागे वा बिरामी भए मजदुरलाई टाढाको अस्पताल लैजानुपर्ने बाध्यता छ । समय–समयमा स्वास्थ्य परीक्षण गर्नुपर्ने उनीहरुको माग छ ।

प्रकाशित : मंसिर १६, २०७८ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?