भरुवा बन्दुक सहित पक्राउ- प्रदेश १ - कान्तिपुर समाचार

भरुवा बन्दुक सहित पक्राउ

कान्तिपुर संवाददाता

संखुवासभा — जिल्ला प्रहरी कार्यालय संखुवासभाले भरूवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचखपन नगरपालिका-५ खमारेका रामबहादुर राई हुन् ।

भरूवा बन्दुक लुकाइ राखेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार बिहान पक्राउ गरेको हो ।

पक्राउ परेका राईमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर १५, २०७८ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्

जसपा प्रदेश २ अध्यक्षमा यादव

कान्तिपुर संवाददाता

जनकपुर — जनता समाजवादी पार्टीको प्रदेश २ अध्यक्षमा रामबाबु यादव चयन भएका छन् । बाराको निर्वाचन क्षेत्र नम्बर ३ बाट संघीय संसद्‌मा निर्वाचित यादवलाई जसपाले प्रदेश २ को नेतृत्व दिएको हो । पार्टी एकीकरणपछि प्रदेश समिति समायोजन गरिएको छ । 

जसपाको प्रदेश २ उपाध्यक्षमा ५ जनालाई चयन गरिएको छ । उपाध्यक्षमा रामपृत पासवान, शम्भु झा, शेषनारायण यादव, बृजमोहन तिवारी र रामसेवक यादवलाई चयन गरिएको छ ।

यस्तै, मुख्य सचिवमा दिनेशकुमार यादव र तीनजना सचिवमा युसुफ अलि, निरा साह र शैलेशकुमार साहलाई चयन गरेको छ । यस्तै, प्रदेश समितिको कोषाध्यक्षमा रेणु यादव छानिएकी छन् ।

प्रकाशित : मंसिर १५, २०७८ १६:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×