खाजा खर्चबाट क्यान्सर पीडितलाई सहयोग

ताप्लेजुङ — सदरमुकाम फुङलिङको लिटल बुद्ध आवासीय माध्यमिक विद्यालयका विद्यार्थीले खाजा खर्च कटाएर एक क्यान्सर पीडितलाई १० हजार २५ रुपैयाँ सहयोग गरेका छन् ।

विद्यालय क्षेत्रको फुङलिङ नगरपालिका ५ की गोमा खवासलाई सहयोग गरेका हुन् । त्यसमा प्रधानाध्यापक युवराज गिरीले २ हजार रुपैयाँ थपिदिएका छन् । काठमाडौंमा उपचार गरिरहेकी गोमाका लागि उनको परिवार र छरछिमेकीले गोमा बचाउ अभियान चलाएर सहयोग संकलन गरेको देखेपछि आफूहरूले सहयोग गरेको विद्यार्थी विनिता लिम्बूले बताइन् ।

खाजाका लागि घरबाट ल्याएको रकम इच्छुक विद्यार्थीले संकलन गरेर विद्यालयलाई दिएको र प्रधानाध्यापकमार्फत सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको उनले वताइन् । प्रधानाध्यापक गिरीका अनुसार मंगलबार परिवारलाई रकम दिइएको छ ।

प्रकाशित : मंसिर १५, २०७८ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?