कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कांग्रेस सोलुखुम्बुको सभापतिमा शेर्पा विजयी

भानुभक्त निरौला

सोलुखुम्बु — कांग्रेस सोलुखुम्बुको सभापतिमा पार्टी संस्थापन पक्षका नाम्गेल जाङ्बु शेर्पा विजयी भएका छन् । मंगलबार अबेर सम्पन्न दोस्रो चरणको निर्वाचनबाट प्रतिद्वन्द्वी विनोद बस्नेतलाई १ सय ४२ मतान्तरले पराजित गर्दै शेर्पा सभापतिमा निर्वाचित भएका हुन् । 

कांग्रेस सोलुखुम्बुको सभापतिमा शेर्पा विजयी

सोलुदूधकुण्ड नगरपालिकाका मेयरसमेत रहेका शेर्पाले ५ सय १३ मत ल्याउँदा निवर्तमान पार्टी सभापति बस्नेतले ३७१ मत ल्याएका छन् । मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा ८ सय ९७ मत खसेको थियो । ९ सय २३ क्षेत्रीय प्रतिनिधि रहेको सोलुखुम्बुमा पहिलो चरणको निर्वाचनमा ८ सय ८३ मत खसेको थियो । सभापतिमात्र चयनका लागि भएको दोस्रो चरणको निर्वाचनमा १५ मत बढी खसेको छ । पहिलो चरणमा बस्नेतले ४२८ मत ल्याउँदा शेर्पाको पक्षमा सदर मत ४१८ रहेको थियो ।अर्का उम्मेदवार रामबहादुर बस्नेतको ५ मत आउँदा बाँकी मत बदर भएको थियो ।

पहिलो चरणमा कसैको पनि ५० प्रतिशत मत नआएपछि दोस्रो चरणको निर्वाचन भएको हो । पहिलो चरणको निर्वाचनमा उम्मेदवार बनेका कांग्रेस नेता रामबहादुर बस्नेतले यो निर्वाचनमा शेर्पालाई समर्थन गरेका थिए । जिल्ला कार्यसमितिका अन्य पदाधिकारी र सदस्यहरु यसअघि नै निर्वाचित भइसकेका छन् । सभापतिमा निर्वाचित शेर्पालाई पूर्वपार्टी सभापति आङ्गेलु शेर्पाको समर्थन रहेको थियो भने निर्वाचनमा पराजित बस्नेतलाई पार्टी केन्द्रीय सदस्य बलबहादुर केसीको समर्थन रहेको थियो ।

दुई वटा प्रदेश सभा रहेको जिल्लामा एउटामा आङ्गेलु शेर्पाको प्यानल र अर्कोमा बलबाहदुर केसीको प्यानलले नै जित हासिल गरेको छ । महाधिवेशन प्रतिनिधिमा भने मिश्रित नतिजा आएको छ । यसअघि पहिलो चरणको निर्वाचनबाटै जिल्ला उपसभापतिमा घनराज सुनुवार र फुदोर्जी शेर्पा विजयी बनेका छन् । सुनुवारले ४४९ र शेर्पाले ४६६ मत ल्याएर उपसभापतिमा विजयी बनेका हुन् । त्यस्तै, जिल्ला सचिवमा ४४१ मतल् याएर भलाकाजी राई कुलुङ र ४३४ मतसहित युवराज घिमिरे विजयी बनेका छन् ।

सहसचिवमा उत्रमान राई र ङिमाछिरी लामा विजयी बनेका छन् । राईले ४१८ र लामाले ४२१ मत प्राप्त गरेका छन् । जिल्ला कार्यसमितिका अधिकांश पदमा भने दुवै प्यानललाई मिश्रित नतिजा प्राप्त भएको छ ।

प्रकाशित : मंसिर १५, २०७८ ०६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?