१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

कांग्रेस सुनसरीमा भण्डारी, उदयपुरमा कार्की निर्वाचित

सुनसरी/ उदयपुर — नेपाली कांग्रेस सुनसरीको सभापतिमा कोइराला–पौडेल पक्षका केदार भण्डारी विजयी भएका छन् । सोमबार बिहान सम्पन्न मतगणनामा भण्डारीले कूल २ हजार ६ सय २६ मतमध्ये १ हजार ४ सय २२ मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी सञ्जयकुमार श्रेष्ठले १ हजार ३ सय ९ मत पाए ।

कांग्रेस सुनसरीमा भण्डारी, उदयपुरमा कार्की निर्वाचित

नवनिर्वाचित भण्डारी दुई कार्यकाल सुनसरी कांग्रेसको सचिव भएका हुन् भने पराजित श्रेष्ठ उसपभापति हुन् । भण्डारीसहित उपसभापतिमा संस्थापन इतर पक्षकै नागेशचन्द्र राई र पंकजकुमार महतो निर्वाचित भएका छन् । सचिवमा संस्थापन प्यानलका वीरेन्द्रकुमार शाह र संस्थापन इतर प्यानलका माधवकुमार घिसिङ निर्वाचित भएका छन् । सहसचिवमा संस्थापन प्यानलका मनिषकुमार राय र गणेश सुब्बा विजयी भए । महाधिवेशन प्रतिनिधिमा उपेन्द्र प्रसाद मेहता र देवेन्द्र पौडेल विजयी भए ।

यसैबीच, कांग्रेस उदयपुरको सभापतिमा हिमाल कार्की निर्वाचित भएका छन् । सोमबार सम्पन्न मतगणना अनुसार कार्कीले ७६७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी विदुर बस्नेतले ५८९ मत प्राप्त गरे । बस्नेत निर्वतमान पार्टी सभापति हुन् भने कार्की १ नम्बर प्रदेश सरकारका भौतिक विकास मन्त्री हुन् ।

कार्की र बस्नेतबीच १२ औं महाधिवेशनदेखि पार्टी सभापतिमा प्रतिस्पर्धा हुँदै आएको छ । १३ औं महाधिवेशनमा कार्कीलाई पराजित गर्दै बस्नेत जिल्ला सभापति भएका थिए । त्यसअघि १२ औं महाधिवेशनमा कार्कीले बस्नेतलाई पराजित गर्दै पार्टी सभापति भएका थिए ।

यस्तै, उपसभापतिमा कार्की समूहका भिमचन्द्र राईले ७४७ र बलबहादुर तामाङले ६५८ मत ल्याएर विजयी भए । त्यसैगरि सचिवमा मुरारी खडका र राजेशचन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।

सहसचिवमा टिकाराम बुढाथोकी र चन्द्रदिप पौडेल विजयी भए । दुई निर्वाचन क्षेत्र रहेको उदयपुरमा क्षेत्रीय सभापति पनि कार्की प्यानलकै खग्रेन्द्र राई(काजी) र रामकुमार राई निर्वाचित भएका छन् ।

प्रकाशित : मंसिर १३, २०७८ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?