१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

दुर्घटनामा एकको मृत्यु, २३ घाइते

बिर्तामोड — अनियन्त्रित भई झापाको कनकाई पुलको रेलिङमा ठोक्किएर बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

आइतबार मध्याह्न पूर्वबाट पश्चिम जाँदै गरेको ना ५ ख ८०४१ नम्बरको बस कनकाई–८ स्थित कनकाई नदीको पुलमा दुर्घटनाग्रस्त हुँदा कनकाई–७ का १७ वर्षीय उत्सव पौडेलको मृत्यु भएको छ ।

गम्भीर घाइते पौडेलको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारका क्रममा दिउँसो मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीका डीएसपी सन्तोष आचार्यले जानकारी दिए ।

प्रकाशित : मंसिर १३, २०७८ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?