मतदाता नामावली वडामै

पाँचथर — जिल्लाका सरोकारवालाले हरेक वडामा पुगेर मतदाता नामावली संकलन गर्न सुझाव दिएका छन् । जिल्ला निर्वाचन कार्यालय पाँचथरले सदरमुकाम फिदिममा आयोजना गरेको मतदाता नामावली संकलनसम्बन्धी अन्तरक्रियाका सहभागीले आयोगलाई यस्तो सुझाएका हुन् ।

कांग्रेस सभापति रूपनारायण जवेगु, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कमल जवेगु, नेकपा एमालेका श्याम तुम्रोक र राप्रपाका प्रयागराज सुवेदीले पालिका केन्द्र टाढा पर्ने भएकाले मतदाता नामावली संकलन गर्न वडामै खटिनुपर्ने बताए ।

निर्वाचन आयोगले मंसिर १७ देखि पुस ९ सम्म देशभरका स्थानीय तहका केन्द्रमा मतदाता नामावली दर्ता गर्ने कार्यक्रम राखेको छ ।


प्रकाशित : मंसिर १३, २०७८ १२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?