कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

कांग्रेस महाधिवेशनमोरङमा तीन प्यानल भिड्दै

केन्द्रीय स्तरका नेतैपिच्छेको गुट र उपगुटका कारण मोरङ कांग्रेस लथालिंग
विनोद भण्डारी

विराटनगर — अन्तिम सयमसम्म सहमतिको प्रयास गरेर पनि सफल नभएपछि मोरङ कांग्रेस सभापतिका लागि तीन उम्मेदवारबीच आइतबार मतदान हुने पक्का भएको छ । सभापतिमा तीन जनाको उम्मेदवारी परेपछि सहमतिका नाममा कार्यसूचीमा शनिबार हुने मतदानलाई आइतबार सारिएको छ ।

कांग्रेस महाधिवेशनमोरङमा तीन प्यानल भिड्दै

सभापतिका लागि संस्थापनबाट पूर्वराज्यमन्त्री दिलीप गच्छदार, कोइराला–पौडेल पक्षबाट निवर्तमान सभापति डिगबहादुर लिम्बू र पूर्वसचिव यदुकुमार विष्टको उम्मेदवारी थियो ।

शनिबार दिनभरि सर्वसम्मतको प्रयास सफल नभएको वार्तामा सहभागी एक नेताले बताए । उनले विष्टलाई सर्वसम्मत सभापति बनाउन संस्थापन पक्षबाट प्रस्ताव आएको बताए । तर केन्द्रीय सभापतिका आकांक्षी शेखर कोइरालाले आफूसँग लिम्बूको विकल्प नभएको बताएपछि सहमति हुन सकेन ।

सहमतिको प्रयास केन्द्रीय नेताहरूबाटै विफल भएपछि मोरङमा तीन उम्मेदवारका नाममा जातिय नारा पनि सुरु भएको छ । एक नेताका अनुसार लिम्बूका नाममा जनजाति, गच्छदारका नाममा मधेसी र विष्टका नामा क्षेत्री बाहुनले नारा लगाउन सुरु गरेका छन् । विष्टले शनिबार साँझ पत्रकार सम्मेलन गर्दै न्याय र निष्ठाको राजनीतिका लागि पार्टीमा माफिया र पैंसाको राजनीति अन्त्यका लागि आफूले उम्मेदवारी दिएको दाबी गरे ।

विष्टलाई पछिल्लो समय केन्द्रीय सदस्य महेश आचार्य, रक्षामन्त्री मिनेन्द्र रिजाल र महामन्त्री शशांक कोइरालाको आश्वासन रहेको बताइएको छ । लिम्बुको पक्षमा पछिल्लो समय शेखरकोमात्र साथ देखिएको छ । संस्थापन पक्षका गच्छदारलाई केन्द्रीय सदस्य अमृत अर्याल, डिला संग्रौला, विजयकुमार गच्छदार समूहको साथ रहेको बताइएको छ । केन्द्रीय स्तरका नेतै पिच्छेको गुट र उपगुटका कारण मोरङ कांग्रेस लथालिङ हुँदै आएको कांग्रेसजनको गुनासो छ । यहाँ कोइराला, आचार्य, रिजाल, विजयकुमार गच्छदार र कृष्ण सिटौलाको आ–आफ्नो गुट छ । ती गुटले एक अर्काको सम्मान नगर्ने विकृतिले संगठन धवस्त भएको कांग्रेसजनको बुझाइ छ ।

जिल्लाको पदाधिकारीमा पनि तीनै पक्षबाट प्यानलसहित उम्मेदवारी परेको छ । उपसभापतिमा ५ जना गोपालबहादुर थापा, नागेश कोइराला, भक्तिनाथ माझी, राजु मास्के र सुवेधकुमार सिंह भिडेका छन् । त्यसैगरी सचिवमा ६ जना अर्जुन निरौला, मनोज वस्नेत, मोदराज घिमिरे, रविन राई, ललितवहादुर श्रेष्ठ, शिवप्रसाद ढकाल र ज्ञानेन्द्र ढकालको उम्मेदवारी छ । त्यस्तै सहसचिवमा पनि ६ जना अशोक रिजाल, थिरप्रसाद फुँयाल, विशालकुमार गौतम, भुवनेश्वर मण्डल, सञ्जयकुमार मण्डल र सुभाष भण्डारीले उम्मेदवारी दिएका छन् ।

आइतबार हुने मतदानमा जिल्लाका १७ स्थानीय पालिका र ६ निर्वाचन क्षेत्रका १२ क्षेत्रका ३ हजार ५ सय मतदाताले मतदान गर्ने निर्वाचन समितिले जनाएको छ । यसअघि भएको १७ स्थानीय तहको अधिवेशनमा संस्थापन पक्ष दुई र इतर पक्ष १५ तथा ६ वटा संघीय क्षेत्रमध्ये संस्थापन पक्षले एक र इतर पक्षले ५ वटा क्षेत्रमा विजय हात पारेका थिए ।

प्रकाशित : मंसिर १२, २०७८ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?