१९ वर्षीया किशोरी कांग्रेसको प्रदेश महाधिवेशन प्रतिनिधि- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१९ वर्षीया किशोरी कांग्रेसको प्रदेश महाधिवेशन प्रतिनिधि

लक्ष्मी गौतम

पाँचथर — नेपाली कांग्रेस पाँचथरको अधिवेशनले १९ वर्षीय किशोरीलाई प्रदेश महाधिवेशन प्रतिनिधिमा चयन गरेको ।

हिलिहाङ ६ भारपाकी भावना रिजाललाई कांग्रेसले प्रदेश प्रतिनिधि चयन गरेको हो । यसै वर्ष नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएकी उनी भारपाबाट प्रतिनिधि चुनिएर आएलगत्तै भएको क्षेत्रीय अधिवेशनले उनलाई बहुमतसहित प्रदेश महाधिवेशनका लागि प्रतिनिधि पठाएको हो । पाँचथर बहुमुखी क्याम्पस बिएड दोस्रो वर्षमा अध्ययनरत उनी यसअघि पाँचथर क्याम्पसकै बिएड प्रथम वर्ष संकायको सहसचिव थिइन् ।

‘युवा पुस्तालाई पार्टीले विश्वास गरेर दिएको जिम्वेवारी पूरा गर्न सदैब लाग्नेछु, महिला र युवाको प्रतिनिधित्व पार्टीभित्र सुनिश्चित गर्ने, युवाको जोश र पुरानाको अनुभवलाई संयोजन गर्दै पार्टी संघठनलाई सुदृढ बनाएर तीनै तहका निर्वाचनमा कांग्रेसलाई पहिलो बनाउनु हाम्रो दायित्व हो,' उनले भनिन् ।

कांग्रेसको विधानले अब प्रदेशमा छुट्टै कार्यसमिति गठन गर्ने प्रावधान गरेको छ । जसअनुसार अब प्रदेश प्रतिनिधिहरूलाई प्रदेश महाधिवेशनमा भाग लिने,उम्मेदवार बन्ने,मतदान गर्नेदेखि नीति निर्माण गर्नेसम्मको अधिकार दिएको छ । यस्तै नेपाली कांग्रेसले पाँचथर जिल्लाबाट ११ जना महाधिवेशन प्रतिनिधिलाई महासमितिमा पठाएको हो ।

प्रकाशित : मंसिर ११, २०७८ १९:२५
प्रतिक्रिया
पठाउनुहोस्

पाँचथरमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

लक्ष्मी गौतम

पाँचथर — पाँचथरको याङवरक गाउँपालिकामा बुधबार बिहान ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।


भारतको सिक्किमसंग जोडिएको सीमावर्ती चिवाभञ्ज्याङबाट च्याङथापु बजारतर्फ आाउँदै गरेको ट्याक्टर सडकबाट करिब एक सय मिटर तल खस्दा याङवरक २ फलैंचाका नवराज बेघाको घट्नास्थलमै मृत्यु भएको हो । ३३ वर्षीय बेघा सोही ट्याक्टरका चालक थिए ।

स्थानीयहरूका अनुसार बुधबार बिहान ८ बजे दुर्घटना भएको थियो । यद्यपि सदरमुकाम फिदिमबाट एक सय चार किलोमिटर टाढा रहेको घटनास्थलमा दिउँसो मात्रै प्रहरी पुगेको थियो ।

बेघाको शव पोष्टमार्टमका लागि पाँचथर अस्पताल ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।

प्रकाशित : मंसिर ८, २०७८ १७:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×