कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

विवादपछि गच्छदारको क्षेत्रमा निर्वाचन स्थगित

कान्तिपुर संवाददता

सुनसरी — नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ३ को मतदान कार्यक्रम विवादित बनेपछि अनिश्चितकालसम्मका लागि स्थगित भएको छ । यो कांग्रेस उपसभापति विजयकुमार गच्छदारको क्षेत्र हो । नेता गच्छदारले आफ्नो पक्षीय उम्मेदवारलाई सहमतिमा नेतृत्वमा ल्याउन खोज्दा पार्टीभित्रको आन्तरिक विवाद सतहमा देखिएपछि निर्वाचन कार्यतालिका नै प्रभावित भएको हो । 

विवादपछि गच्छदारको क्षेत्रमा निर्वाचन स्थगित

पूर्वनिर्धारित कार्यक्रमअनुसार बिहीबार बिहान ९ बजेदेखि सुरु हुनुपर्ने मतदान विवादका कारण समयमा हुन सकेको थिएन । निर्वाचन अधिकृत देवनारायण यादवका अनुसार मतदान कार्य सुरु गर्नुअघि मुचुल्का गर्न तथा अन्य कार्यका लागि उम्मेदवार वा प्रतिनिधिहरू कोही पनि उपस्थित नभएकाले मतदान कार्य सुचारु गर्न नसकिएको हो ।

निर्धारित समयमा निर्वाचन हुन नसकेपछि कांग्रेसका स्थानीय नेता, कार्यकर्ताले मतदान सुरु गर्न माग गर्दै निर्वाचन अधिकृत यादवविरुद्ध नाराबाजीसमेत गरेका थिए । उनीहरूले यादव निर्वाचन गराउन अक्षम भएको आरोप लगाएका थिए । यसैबीच मतदान अधिकृत यादवले अर्को सूचना प्रकाशित नभएसम्मका लागि मतदान कार्यलगायत अन्य निर्वाचन कार्यक्रमहरू स्थगन गरित्एको सूचना दिएर पन्छिएका थिए ।

मतदान स्थगित भए पनि क्षेत्रीय सभापतिका उम्मेदवार मेहेदी हुसेनले मतदान अधिकृतले मतदान कार्य स्थगित गरेको सूचना जारी गरेकाले नेताहरू विवाद मिलाउन छलफलमा व्यस्त रहेको बताए । नेता गच्छदारले सहमतिमा नेतृत्व चयन गर्ने प्रयास गरिरहेका बेला सहमतिकै लागि मंसिर ६ मा हुनुपर्ने उम्मेदवारी मनोनयन रोकिँदा भोलिपल्ट हुनुपर्ने मतदान कार्यक्रम पनि विवादले भएन ।

मंसिर ८ मा मतदान हुनुपर्ने भए पनि फेरि रोकिएको थियो । क्षेत्र नं. ३ को सभापतिमा संस्थापन गच्छदार समूहबाट प्रदीप चौधरी र पौडेल–कोइराला समूहबाट मेहेदी हुसैनले उम्मेदवारी दिएका छन् भने गच्छदारनिकट सत्यनारायण मण्डलले पनि उम्मेदवारी दिएका छन् ।

प्रकाशित : मंसिर १०, २०७८ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?