कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

उदयपुरको दुवै क्षेत्रमा कांग्रेस संस्थापन पक्षकै वर्चश्व 

डिल्लीराम खतिवडा

उदयपुर — उदयपुरका दुवै क्षेत्रको नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिको निर्वाचनमा संस्थापन समूहले वर्चस्व कायम गरेको छ । बुधबार राति सर्वाजनीक निर्वाचन परिणाम अनुसार क्षेत्र  नम्बर १ र २ मा क्रमशः खग्रेन्द राई र रामकुमार राईको प्यानल विजयी भएका छन् ।

उदयपुरको दुवै क्षेत्रमा कांग्रेस संस्थापन पक्षकै वर्चश्व 

क्षेत्र नम्बर १ मा कुल खसेको ७१२ मतमा ३४४ मत प्राप्त गर्दै खग्रेन्द्र सभापतिमा विजयी भए । संस्थापन इतरका सभापतिका उम्मेदवार वसन्त बस्नेतले ३३४ मत प्राप्त गरे । सभापति राईसँगै उनको प्यानल नै विजय भएपनि क्षेत्र नम्वर १ मा संस्थपन पक्षको वर्चश्व कायम भएको छ ।

त्यसैगरी केन्द्रीय महाधिवेसन प्रतिनिधिमा खुल्ला दशसहित २५ जनाको लागि भएको निर्वाचनमा ५ जनामात्रै संस्थापन इतर (पौडेल/कोइराला समूह) विजयी भएका छन् । बाँकी २० संस्थपन पक्षकै निर्वाचित भएको मतदान अधिकृत कमल कार्कीले बताए ।

संस्थापन इतरमा पार्टी सभापति विदुर बस्नेत, प्रमिला राई , भोजराज खतिवडा , सुमन परियार र शान्तिदेवी चौधरीमात्रै विजय भएका छन् । शान्तिदेवी थारु खुल्लामा सर्वसामत निर्वाचीत भएकी हुन् ।

त्यसैगरी क्षेत्र नम्बर २ मा संस्थापन पक्षकै रामकुमार राईको प्यानल नै विजयी भएको छ । त्यहाँको केन्द्रीय महाधिवेसन प्रतिनिधिको नजिता सर्वजनिक भइसकेको छैन ।


प्रकाशित : मंसिर ९, २०७८ १५:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?