कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

मोरङ कारागार फेरि अशान्त

मोरङ — अपहरण तथा शरीर बन्धक मुद्दामा कैद भुक्तानी गरिरहेका विराटनगरका अभिषेक गिरीका नाममा मोरङ कारागार अशान्त हुन रोकिएको छैन । पहिला गिरीलाई मोरङ ल्याउन हुन्न भन्दै कैदीबन्दीले नाराबाजी गरे । अहिले उनैलाई ल्याउन भन्दै केही कैदीबन्दीले केही दिनदेखि नाराबाजी गर्दा कारागार थप अशान्त भएको छ ।

मोरङ कारागार फेरि अशान्त

काठमाडौंको डिल्लीबजार कारागारमा रहँदा गिरीलाई विभागले भदौ १७ मा मोरङ पठाउने निर्णय गरेको थियो । विभागले उनलाई एक महिना पहिला मोरङ ल्याएको थियो । कैदीबन्दीको आन्दोलनपछि स्थानीय प्रशासनले प्रवेश गराउन नसकेपछि गिरीलाई सप्तरी कारागार पठाइएको थियो । उनलाई पछिल्लो पटक सप्तरीबाट मोरङ ल्याउने कारागार विभागको निर्णय बाहिरिएलगत्तै मोरङ कारागार अशान्त छ ।

कारागारका निमित्त प्रमुख रामप्रसाद पोखरेलका अनुसार गिरीलाई ल्याउने र नल्याउने भन्ने नाममा कारागारभित्र र बाहिर आन्दोलन हुँदा आसपासको वातावरण अशान्त हुँदै गएको हो । उनले भने, ‘गिरीलाई सप्तरीबाट मोरङ ल्याउनुपर्छ भन्ने आधिकारिक जानकारी आएको छैन ।’ गिरीलाई दुई महिना अगाडि मोरङ सरुवा गरेको कारागार व्यवस्थापन विभागको निर्णय बाहिर आउनासाथ कारागारका कैदीबन्दी आन्दोलनमा उत्रिए । विराटनगरको देवकोटा चोकका गिरी यसअघि मोरङमै रहँदा कारागारका चौकीदार थिए । त्यसवेला उनले कैदीबन्दीलाई यातना दिएको र भित्रबाटै असुली र फिरौती धन्दा चलाएको भन्दै कारागार विभागले २०७४ चैतमा डिल्लीबजार कारागार सरुवा गरेको थियो ।

कांग्रेसनिकट गिरीलाई गृहमन्त्री बालकृष्ण खाँणको पहलमा मोरङ पठाइएको स्रोतको दाबी छ । उनलाई कारागारका चौकीदार बनाउने प्रशासनको तयारी थियो । गिरीलाई मोरङ ल्याउने तयारीका लागि कारागार प्रशासनले त्यसबेलाका चौकीदार गिरीविरोधी नवीन राईलाई झुम्का कारागार सुरुवा गरिएको थियो ।

प्रकाशित : मंसिर ९, २०७८ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?