कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पाँचथरमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

लक्ष्मी गौतम

पाँचथर — पाँचथरको याङवरक गाउँपालिकामा बुधबार बिहान ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

भारतको सिक्किमसंग जोडिएको सीमावर्ती चिवाभञ्ज्याङबाट च्याङथापु बजारतर्फ आाउँदै गरेको ट्याक्टर सडकबाट करिब एक सय मिटर तल खस्दा याङवरक २ फलैंचाका नवराज बेघाको घट्नास्थलमै मृत्यु भएको हो । ३३ वर्षीय बेघा सोही ट्याक्टरका चालक थिए ।

स्थानीयहरूका अनुसार बुधबार बिहान ८ बजे दुर्घटना भएको थियो । यद्यपि सदरमुकाम फिदिमबाट एक सय चार किलोमिटर टाढा रहेको घटनास्थलमा दिउँसो मात्रै प्रहरी पुगेको थियो ।

बेघाको शव पोष्टमार्टमका लागि पाँचथर अस्पताल ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।

प्रकाशित : मंसिर ८, २०७८ १७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?